Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सर्वाधिक निक्षेप सुरक्षण गर्ने बैंक बन्यो राष्ट्रिय वाणिज्य बैंक

२०७९ आश्विन ५ गते

बैंकिङ खबर/ निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेप सुरक्षण कार्यक्रममा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाहरु मध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेड आ.व. २०७८/०७९ मा सर्वाधिक निक्षेप सुरक्षण गरी सबैभन्दा बढी सुरक्षण दस्तुर भुक्तानी गर्ने बैंकको रुपमा सम्मानित भएको छ ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापित कोषको ४९औं वार्षिक उत्सवको अवसरमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई कदरपत्र मंगलबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५९ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।