Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकको क्यास डिपोजिट मेसिन सुविधा सञ्चालनमा

२०७९ आश्विन ५ गते

बैंकिङ खबर/ सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । उक्त मेशिनबाट ग्राहकहरु आफैंले नै खातामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ । यस सुविधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ ।

हाल उक्त मेशिनबाट ग्राहकहरुले ५०० र १००० दरका १ लाख रुपैयाँभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन् । यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन् ।

हाल यो सुविधा बैंकको केन्द्रीय कार्यालय, नक्सालबाट प्राप्त हुनेछ । सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु संचालनमा रहेको बैंकले जनाएको छ ।