Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आइएमई पेमार्फत भुक्तानी गर्दा क्रिस्टल डाइग्नोस्टिकमा १५ प्रतिशत छुट

२०७९ भाद्र २८ गते

बैंकिङ खबर/  आईएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आईएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट प्राप्त गर्न सकिन्छ ।

दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस सम्झौतामार्फत आईएमई पेको प्रयोगकर्ताहरुले क्रिस्टल डाइग्नोस्टिकमा आईएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट पाउसक्ने कम्पनीले जनाएको छ ।

हालको निम्ति ३ महिनाको लागि मात्र गरिएको यस सम्झौतामार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्ने आईएमईले जनाएको छ ।