
बैंकिङ खबर/ बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बाल कल्याण आधारभूत विद्यालय, बालाजुलाई ३२ इन्चको स्मार्ट टिभी सहयोग गरेको छ । फाइनान्सको गोङ्गबु शाखाले सिएसआर कार्यक्रम अन्तर्गत विद्यालयलाइ सो टिभि हस्तान्तरण गरेको जनाएको छ ।
फाइनान्सको गोङ्गबु शाखाका प्रबन्धक प्रीति बस्नेतका अनुसार उक्त बिधालयलाई बैकको तर्फबाट स्मार्ट टिभीको साथमा स्टेशनरी सामाग्री समेत हस्तान्तरण गरिएको थियो । फाइनान्सले भबिष्यमा पनि यस किसिमका सामाजिक उतरदायीत्वका कार्यहरूमा निरन्तर सहयोग गर्दै जाने जनाएको छ ।


