
बैंकिङ खबर/ सरकारले ६ वस्तुमा लाग्दै आएको करका दर हेरफेर गरेको छ । मन्त्रिपरिषदको बैठकले करका दर हेरफेर गरेको हो ।
बिहीबार मुख्यसचिव शंकरदास बैरागीले मन्त्रिपरिषदको २१ गतेको बैठकले करका दर हेरफेर गर्ने निर्णय गरेको जानकारी अर्थ मन्त्रालयलाई गराउनुभएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्नका लागि कानून मन्त्रालयलाई जानकारी गराइसकेको छ ।
अर्थ मन्त्रालयका अनुसार एमएस बिलेटको अन्तशुल्क प्रतिमेट्रिकट १००० रुपैयाँले घटाइएको छ । त्यस्तै, ध्यू-तेल उद्योगमा पहिला १० प्रतिशत रहेको भन्सार महशुलमा ९० प्रतिशत छुट दिँदै १ प्रतिशत कायम गरिएकोछ ।
त्यसैगरी, सहकारीको आम्दानीमा लाग्ने आयकरलाई समेत संशोधन गरिएको छ । महानगरभित्रका सहकारीलाई लाग्दै आएको ७ प्रतिशत करलाई संशोधन गर्दै ५ प्रतिशत कायम गरिएको छ ।
वायर रडमा १० प्रतिशत रहेको भन्सार महशुललाई ५ प्रतिशत बनाइएको छ । सेनिटरी प्यााडको कच्चा पदार्थमा १ प्रतिशतमात्रै भन्सार शुल्क लाग्ने र अन्तशुल्क नलाग्ने व्यवस्था गरिएको छ । अगरबत्तिको अन्तशुल्क उद्योगीको माग अनुसार घटाइएको छ ।




