Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

एडीबीको बोर्ड अफ गभर्नसको बैठकमा सहभागी हुन अर्थमन्त्री फिलिपिन्स जाँदै

२०७९ भाद्र २२ गते

बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्मा फिलिपिन्समा भ्रमणमा जाने हुनुभएको छ । आगामी असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्समा हुने एसियाली विकास बैंकको बोर्ड अफ गभर्नसको ५५ औं वार्षिक बैठकमा सहभागी अर्थमन्त्री शर्मा फिलिफन्स जाने सरकाका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

२१ भदौमा बसेको मन्त्रीपरिषद् बैठकले अर्थमन्त्री शर्मा नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई सो वार्षिक बैठकमा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।