Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपालमा बसेर हुण्डी कारोबारः भारतीय नागरिकविरुद्ध मुद्दा

२०७९ भाद्र १७ गते

बैंकिङ खबर/ राजस्व अनुसन्धान विभागले नेपालमा बसेर हुण्डी कारोबारमा संलग्न भारतीय नागरिकविरुद्ध मुद्दा दायर गरेको छ। राजस्थान भारत घर भई काठमाडौं बिजुलीबजार बस्दै आएका राजेन्द्र अग्रवालविरुद्ध मुद्दा दायर गरिएको हो। उनले नरदेवी जय श्री खाटु इन्टरनेशनलको नाममा व्यवसाय गर्ने भनी ७४ लाखको हुन्डी कारोबार गरेको फेला परेको हो।

सो रकम बरामद भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रकमको स्रोत खुलाउन नसकेको भन्दै उनलाई विभागमा बुझाएको थियो।