Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंक अफ काठमाण्डूको एटिएम तथा POS हरुमा मास्टरकार्डबाट कारोबार गर्न सकिने

२०७९ भाद्र १६ गते

बैंकिङ खबर/ बैंक अफ काठमाण्डू लिमिटेडको सम्पूर्ण एटिएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको POS हरुमा मास्टरकार्ड प्रयोग गरी भुक्तानीहरु गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ता महानुभावहरुले अब उपरान्त बैंकको जुनसुकै एटिएम तथा बैंकका POS मर्चेन्टहरु मार्फत कारोबार गर्न सक्नुहुनेछ ।

यस बैंकको एटिएम तथा POS हरुमा हाल भिसा र युनियन पे को नेटवर्कबाट जारी भएको कार्डहरु मात्र कारोबार गर्न मिल्ने थियो । यस सम्झौताले हाल प्रयोगमा भएका भिसा र युनियन पे सहित मास्टरकार्डको नेटवर्कबाट जारी भएका सम्पूर्ण कार्डहरुको भुक्तानी बैंकको सबै एटिएम तथा POS को माध्यमबाट गर्न सकिने छ । साथै, उक्त सम्झौैता अनुशार बैंक अफ काठमाण्डू लिमिटेडले मास्टरकार्डसंग सहकार्य गरी निकट भविष्यमा नै मास्टरकार्ड जारी गरी आफ्नो ग्राहक महानुभावहरुलाई मास्टरकार्ड उपलब्ध गराउने छ ।

अब उपरान्त मास्टरकार्ड बाहक महानुभावहरुले बैंक अफ काठमाण्डूले विभिन्न स्थानमा राखेको एटिएम तथा विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरु लगायत अन्य धेरै स्थानहरुमा सेवा तथा सुबिधा पश्चात् आफुसंग भएको मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न सक्नुहुनेछ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।