Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकले ल्यायाे २२.५ लाख बीमा सुविधा भएकाे मुद्धती योजना

२०७९ भाद्र १६ गते


बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ उत्कृष्ट मुद्धती” योजना सञ्चालनमा ल्याएको छ । यसमा योजनाले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्ने र २२.५० लाख सम्मको बीमा सुविधा दिने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो योजना अनुसार मुद्धती खातामा न्यूनतम रु ५ लाख मौज्दात राखेर मुद्धती खाता खोल्ने खातावालहरुले आफनो लागि रु १० लाख सम्मको दुर्घटना बीमा, रु २ लाखको घातक रोग बीमा र रु ५० हजारको आवधिक जीवन बीमा, साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत रु १० लाख सम्मको दुर्घटना बीमा सुविधा पाउने छन् ।

यस योजना अन्तर्गत ग्राहकहरुले १ बर्ष देखि २ वर्ष सम्मको मुद्धती खाता खोल्न सक्ने र जति अवधिको मुद्धती खाता खोलिएको हो त्यतीनै समय अवधिको लागि बीमा सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ।