२०७९ भाद्र १८ गते

असल नेतृत्व

कुनै पनि ब्यक्ति प्रबन्धकिय पदमा बहाल हुने बित्तीकै स्वतः उसमा नेतृत्वको गुणहरुको बिकास हुन्छ भन्ने हुंदैन । प्रबन्धकहरुमा ब्यवहारिक ब्यापारिक सिपहरु हुन आबश्यक हुन्छ । यस्ता नेतृत्व गुणहरुको आजको प्रतिस्प्रधात्मक युगमा उच्च माग रहन्छ । करण किन भने उनिहरुले संस्थालाई सफलता दिलाउन र कर्मचारीहरुको नैतिकलाई उचाल्न सक्दछन । संक्षेपमा ब्यवस्थापकिय नेतृत्वमा आबश्यक गुणहरुलाई निम्न बुंदाहरुमा उल्लेख गर्न सकिन्छ –
१) अरुलाई प्रभाबित गर्न सक्ने,
२) ईमान्दारिता र पारदर्शिताको प्रदर्शन गर्न सक्ने,
३) रणनीतिक दृष्टिकोणको प्रस्ताब राख्न सक्ने,
४) प्रभाबकारी सन्चारको क्षमता ,
५) उदाहरणद्धारा नेतृत्व प्रदान गर्न सक्ने ,
६) निर्णयहरुलाई सूचित गर्न सक्ने ।
ब्यवस्थापकिय नेतृत्वहरुमा यी गुणहरुको बिकासले प्रभाबशाली नतिजा प्राप्त गर्न सक्ने मात्र नभै ,आफनो कार्य समुह र संस्थाको मूल्यलाई समेत उच्च राख्न सफल बन्दछन । केबल बैंक तथा वित्तीय संस्थाहरुमा मात्र नभै हरेक प्रकारको उद्योग ब्यवसायमा यस्ता गुणयुक्त नेतृत्वको उच्च माग बढदै गएको पाईन्छ । यसैले उनिहरुलाई महान बनाउदछ ।
संस्था र आफनो कार्य समुहलाई सफल बनाउन हरेक प्रबन्धकहरुले निम्न लिखित भूमिकाहरु निभाएको हुन आबश्यक हुन्छ ः–
१) शिक्षकको भूमिका निर्बाह ,
२) सहजकर्ताको रुपमा कामगर्ने,
३) रणनीतिक ,
४) दुरदृष्टि युक्त,
५) परिवर्तनको संबाहक,
६) निर्णय कर्ता ,
७) प्रभाबित गर्ने ,
८) समुह खेलाडी,
९) प्रत्यायोजक र
१०) श्रबणकर्ता ।
नेतृत्वले समय र परिस्थिति अनुसार बिभिन्न भूमिकाहरु निर्बाह गर्नु पर्ने हुन्छ ,तर पनि ब्यवस्थापकिय नेतृत्वमा रहने ब्यक्तिहरुले यस्ता प्रकारका भूमिकाहरु निरन्तर निर्बाह गर्नु पर्ने हुन्छ ।