Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाली सेनाले कर्मचारीलाई सस्तो ब्याजमा २५ लाखसम्मको आवास कर्जा दिने

२०७८ पुष ७ गते

बैंकिङ खबर।

न्‍यूनतम १० वर्ष सेवा गरेका आफ्ना कर्मचारीलाई नेपाली सेनाले घर निर्माणका लागि सहुलियत दरमा ऋण दिने भएको छ। बुधबार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्‍यालय जङ्गी अड्डामा उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन्।

सैनिक सेवामा १० वर्ष पूरा गरेका तर आफू र श्रीमान् वा श्रीमतीको नाममा घर नरहेका सैनिक कर्मचारीलाई ३.३२ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्मको आवास कर्जा दिने सेनाले घोषणा गरेको छ।

यो सुविधा अन्तर्गत हालसम्‍म २० जनाले घरकर्जाका लागि निवेदन दिइसकेको र त्‍यसमध्‍ये ७ जनाको प्रक्रिया पूरा भई बैंकमा सिफारिस भइसकेको नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ।

सहुलियत कर्जा स्वीकृत भएपछि धितो मूल्यांकनको आधारमा सैनिक कर्मचारीले घर खरीद गर्न एकमुष्ट र घर बनाउन पहिलो किस्तामा ४० तथा दोस्रो र तेस्रो किस्ता ३०-३० प्रतिशत रकम पाउनेछन् ।

Ad