Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

मञ्जुश्री फाइनान्सद्वारा ४६ प्रतिशत लाभांश घोषणा

२०७८ मंसिर २४ गते

बैंकिङ खबर।

मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

फाइनान्सको २४ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत बोनश र करसहित ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् ।