प्रभु इन्स्योरेन्सको सीईओमा पुन : सन्चित बज्राचार्य नियुक्त

  बैंकिङ खबर/ प्रभु इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुनः सन्चित बज्राचार्यलाई नियुक्त गरेको छ । कम्पनीको ४३० औं सञ्चालक समितिको बैठकले उनलाई पुन सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार उनलाई आगामी माघ १ गतेदेखि लागू हुने गरि चार वर्षको लागि सीईओ नियुक्त गरिएको हो । बीमा ऐन २०७९ को दफा ५७ […]


जीवन बीमा कम्पनीले ४ प्रतिशतले बढाए व्यवसाय

बैंकिङ खबर/जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष मंसिर मसान्तसम्म ६१ अर्ब ७५ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार मंसिरसम्म १४ जीवन र तीन लघु जीवन बीमा कम्पनीले ६१ अर्ब ७५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका हुन्। यो प्रिमियम रकम पोहोर ५ महिनाको तुलनामा ३.७५ प्रतिशत बढी हो। गत आर्थिक वर्ष मंसिरसम्म […]


धितोपत्र बोर्डमा हमालको कार्यकाल सकियो, अब प्रतिस्पर्धाबाट नयाँ अध्यक्ष

बैंकिङ खबर/ धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कार्यकाल आज (शुक्रबार) देखि सकिएको छ। यसअघिका अध्यक्ष भिष्मप्रसाद ढुंगानाले विवादमा परेर राजीनामा दिएपछि सरकारले हमाललाई नियुक्त गरेको थियो। हमालले २१ महिना धितोपत्र बोर्डमा बिताए। आजदेखि उनको कार्यकाल पूर्ण रुपले समाप्त भएको हो। अब बोर्डको अध्यक्ष सरकारले प्रतिस्पर्धाबाट छनोट गर्ने छ। यदि सरकारले चाहेको भए हामलको कार्यकाल ६ […]


२ अर्ब ४४ करोड मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ४४ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो उपदान पेन्सन कोषमा रहेको रकम वाणिज्य बैंकका साथै राष्ट्रिय स्तरमा विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने भएको छ । वाणिज्य बैंकमा १ अर्ब ९५ करोड २० लाख रुपैयाँ, विकास बैंकमा […]


भारतीय एक्जिम बैंकले ऋण दिँदा राखेका सर्तहरु पुनरवलोकन हुने

बैंकिङ खबर/भारतीय एक्जिम बैंकले ऋण दिँदा राखेका सर्तहरु पुनरवलोकन हुने भएको छ। नेपालले पूर्वाधार निर्माणमा ऋण सहयोग गर्दा राखेका सर्त पुनरवलोकनको माग गर्दै आएकोमा संशोधन गर्न भारत तयार भएको हो। भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा एक दर्जन बढी आयोजना सञ्चालनमा छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक्जिम बैंकको ऋण सर्तले आयोजनाको निर्माणमा ढिलाइ भइरहेको […]


गुडविल फाइनान्सको सीइओमा पुनः तुलाधर

बैंकिङ खबर/गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सरोजकाजी तुलाधर नियुक्त भएका छन् । कम्पनीको पुस १८ गते बसेको सञ्चालक समितिको ४१४ औं बैठकले तुलाधरलाई दोस्रो कार्यकालका लागि आगामी ४ वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव स्वयम्भू शाक्यले जानकारी दिए । कम्पनीका अनुसार तुलाधरलाई२०८० माघ २ गतेदेखि लागू हुने गरि ४ […]


प्रिमियम वापतको शुल्क रिजर्भमा राख्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई आईपीओ जारी गर्दा प्रिमियम मार्फत लिएको रकम जगेडा कोष (रिजर्भ)मा राख्न निर्देशन दिएको छ । प्राधिकरणले प्रिमियममा आईपीओ जारी गर्ने बीमा कम्पनीहरुलाई पत्र काट्दै प्रिमियमबापत संकलित रकम जगेडा कोषमा राख्न निर्देशन दिएको हो । पछिल्लो समय संसदको सार्वजनिक लेखा समितिले बीमा कम्पनीले प्रमियम मुल्यमा आईपीओ जारी गर्न नपाउने […]


नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा चार सञ्चालक निर्वाचित

बैंकिङ खबर/नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) मा चार जना सञ्चालक निर्वाचित भएका छन् । बैंकको पुस १७ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन र सर्वसाधारण सेयरधनीतर्फ एक जना सञ्चालकहरू निर्वाचित भएका हुन् । बैंकले संस्थापक समूहबाट प्रतिनिधित्व गर्नेगरी विशाल ग्रुपबाट अनुज अग्रवाल, ग्लोबल आइएमई बैंकबाट रत्न राज बज्राचार्य र इमर्जिङ्ग […]


एडीबीले माल्दिभ्सलाई दिने भयो साढे पाँच करोड अमेरिकी डलर

बैंकिङ खबर/एसियाली विकास बैंक (एडीबी) र माल्दिभ्सबीच माल्दिभ्समा नवीकरणीय ऊर्जा उत्पादन र वितरण विस्तारका लागि पाँच करोड पाँच लाख अमेरिकी डलरसम्मको ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापछि माल्दिभ्सका लागि एडीबीका उपमहानिर्देशक सिन्डी माल्भिसिनीले भने, ‘यो परियोजना माल्दिभ्सको ऊर्जा सुरक्षा बढाउन र ऊर्जा क्षेत्रको दिगो रूपान्तरणलाई सहज तुल्याउन तयार गरिएको कार्यक्रम हो।’ माल्दिभ्सका […]


नयाँ स्टक एक्सचेन्जका लागि अर्थ मन्त्रालयले अध्ययन समिति बनाउँदै

बैंकिङ खबर/ अर्थ मन्त्रालयले नयाँ स्टक एक्सचेन्ज स्थापनाका लागि अध्ययन समितिको प्रस्ताव गर्ने भएको छ। मन्त्रालयका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकमा अध्ययन समिति सदस्यसहितको प्रस्ताव जानेछ। बोर्डले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दै पत्र पठाएपछि मन्त्रालयले अध्ययन समिति बनाएर मन्त्रिपरिषद् पठाउन लागेको हो। मन्त्रिपरिषद्‍बाट अध्ययन समिति र समयावधि तोकिएर अनुमोदन हुनेछ।