ज्योति विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

बैंकिङ खबर । ज्योति विकास बैंकले पोखरास्थित फेवाताल किनारा र सराङकोटलाई जोड्ने अन्नपूर्ण केबलकारसँग केबलकार टिकटमा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गर्नुभएको हो । बैंकको डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले सो छुटको […]


ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क महिला स्वास्थ्य शिविर आयोजना

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंकले स्वस्थ नारी पहल अभियान अन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नं.७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराउनुभएको थियो । शिविरमा १५० जना भन्दा बढि महिलाहरु शिविरबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् […]


कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेड र बाँके, कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ। यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो होटेलबाट सेवालिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट-क्रेडिट कार्ड वा मोबाइल बैंकिंगबाट गर्दा होटेलको फुड एंड बेभरेज र रूम […]


विप्रेषण भित्र्याउन अब्बल आइएमई : वार्षिक एक खर्ब बढी विप्रेषण भित्र्याउँदै

बैंकिङ खबर/आइएमई लिमिटेडले पछिल्ला दिनमा वार्षिक रु एक खर्ब वा सोभन्दा बढी विप्रेषण भित्र्याएर सफल भएको छ । पछिल्ला दिनमा विप्रेषण भित्रनेक्रम पनि उत्तिकै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको १० महिनामा मात्रै कूल रु आठ खर्ब ११ अर्ब ७९ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । देशभित्र भित्रिएको विप्रेषण अनुत्पादक क्षेत्रमा […]


रेमिटेन्सले ग्रामिण क्षेत्रको दुखी जीवनलाई सुखी तुल्याएको छः अर्थमन्त्री शर्मा

बैंकिङ खबर/ नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले आफ्नो स्थापनाको २२ औँ वर्ष प्रवेशको अवसरमा आइतबार राजधानी काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव श्रीमान् शंकरदास बैरागी, अर्थ सचिव मधुकुमार मरासिनी, श्रम सचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद […]


नेपाल बैंक मधेस प्रदेशकोे बजेट गोष्ठी सम्पन्न

बैंकिङ खबर/ नेपाल बैंक लिमिटेले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले मधेस प्रदेशकोे प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । जेठ २४ गते देखि २६ गते सम्म धनकुटाको भेडेटारमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, मधेश प्रदेश प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका शाखा […]


असारमा पनि निक्षेपको ब्याजदर नबढ्ने

बैंकिङ खबर/ असार महिनामा पनि निक्षेपको ब्याजदर नबढ्ने भएको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकका सीईओहरुबीच असारमा पनि ब्याजदर स्थिर राख्ने सहमति भएको छ । वाणिज्य बैंकहरुले माघदेखि निक्षेपको ब्याजदर बढाएका छैनन् । सहमति अनुसार वाणिज्य बैंकले एकवर्षको मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ११.०३ प्रतिशत ब्याजदर दिनेछन् । संस्थागत तर्फ १०.०३ प्रतिशत ब्याजदर बैंकहरुले […]


रेमिटेन्स सचेतनाका लागि आइएमईको प्रभातफेरी

बैंकिङ खबर/आइएमईले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा शनिवार विहान प्रभातफेरी (वाकथन) कार्यक्रमको आयोजना गर्‍यो । केन्द्रीय कार्यालय पानीपोखरीबाट शुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको थियो । आइएमईले आफ्नो २२औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा रेमिटेन्स सचेतना जगाउने उद्देश्यले यो प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र […]


मर्जरपश्चात् अब यस्तो बन्दैछ ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’

बैंकिङ खबर/  नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ । नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैँकले अंगिकार गरेको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर/एक्वीजिसन नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्र (MOU) मा […]


इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर

बैंकिङ खबर/ नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार एक उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मर्जरमा गएपछि सोमबारदेखि नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोकिने छ । मर्जरपछि बन्ने संस्थाको अध्यक्ष पृथ्वीबहादुर पाँडे र सीइओ ज्योति पाण्डे बन्ने सहमति भएको छ । संस्थाको नाम नेपाल […]