बीमाको कुल स्रोत ७ खर्ब १३ अर्ब

बैंकिङ खबर/बीमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग ७ खर्ब १३ अर्ब ४७ करोड पुगेको छ । आइतबार आर्थिक सर्वोक्षण २०७९/८० सार्वजनिक गर्दै सरकारले २०७९ फागुनसम्म जीवन बीमा व्यावसाय गर्ने बीमकको स्रोत तथा उपयोग ६ खर्ब २३ अर्ब ८९ करोड र निर्जीवन बीमा व्यावसाय गर्ने बीमकको ८९ अर्ब ५८ करोड पुगेको जनाएको छ । गत […]


बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी(पूर्णपाठ)

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणले बीमकका लागि पुनर्बीमा निर्देशका-२०८० जारी गरेको छ। जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको पुनर्बीमा व्यवस्थालाई व्यवस्थित गर्न निर्देशिका ल्याएको हो। बीमा ऐन २०७९ को दफा १६६ को अधिकार प्रयोग गरी निर्देशिका ल्याइएको प्राधिकरणले जनाएको छ। निर्देशिका जारी भएपछि अब बीमकले टिट्री पुनर्बीमा, ऐच्छिक पुनर्बीमा (फ्याकल्टेटिभ री-इन्स्योरेन्स) र बीमा पुलमार्फत पुनर्बीमा […]


नेपाल लाइफले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा छुट दिने

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित भएका बीमालेखहरुको नवीकरण गर्दा विलम्ब शुल्कमा छुट दिने भएको छ। कम्पनीले एक सूचना प्रकाशित गरी व्यतीत भएका बीमालेखहरु आज जेठ १० गतेदेखि असार २२ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नवीकरण शुल्कमा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गरिने जनाएको छ। कम्पनीले १८० दिनभन्दा माथि २ वर्षसम्म […]


युनाइटेड र अजोड इन्स्योरेन्सले पायाे मर्जरकाे अन्तिम स्वीकृति

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन)ले युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको छ। सेबोनले जेठ ८ गते दुवै कम्पनीलाई पत्र पठाउँदै मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो। यी दुवै कम्पनीले गत वैशाख २५ गते बसेको विशेष साधारणसभाले युनाइटेड र अजोड इन्स्योरेन्सबीचको मर्जर प्रक्रियालाई स्वीकृत गरिसकेको छ। मर्जरपछि […]


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सिइओमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त

बैंकिङ खबर/ आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ) पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त हुनु भएको छ । कम्पनीको संचालक समितिको मिति २०८०-०१-२७ गतेको बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेकोमा कम्पनीको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट मिति २०८०-०२-०५ को पत्र मार्फत स्वीकृति प्राप्त भई कम्पनीको मिति २०८०-०२-०९ गते बसेको संचालक […]


वित्तीय तथा बीमा क्षेत्रको वृद्धि ७.२९ प्रतिशत हुने प्रक्षेपण

बैंकिङ खबर/ राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा वित्तीय तथा बीमा क्षेत्रको वृद्धि ७.२९ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।गत आर्थिक वर्षको तुलनामा यो प्रक्षेपण ०.४१ प्रतिशत विन्दुले बढी हो । गत आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर ६.८८ प्रतिशत हुने संशोधित अनुमान छ । चालु आर्थिक वर्षमा म्यानुफ्याक्चरिङ, निर्माण, व्यापारलगायत क्षेत्रको वृद्धिदर ऋणात्मक र अन्य क्षेत्रको वृद्धिदर भने […]


आइजीआई प्रुडेन्सियलको सीईओमा युगेश भक्त बादे श्रेष्ठ नियुक्त

बैंकिङ खबर/आइजीआई पु्रडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेश भक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । बादे श्रेष्ठलाई सीईओ नियुक्ति गर्नका लागि पठाएको फाइल बीमा प्राधिकरण कम्पनीले स्वीकृति गरिसकेको छ । वैशाख २७ गते एकीकृत कारोबार शुभारम्भ गरेको आइजीआई प्रुडेन्सियल साविक आइएमइ जनरल र साविक प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको बीमा कम्पनी हो। […]


उन्नती सहकार्य लघुवित्तद्वारा बीमा रकम हस्तान्तरण

बैंकिङ खबर/उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा रकम हस्तान्तरण गरेको छ । वित्तीय संस्थाले पीडित परिवारलाई बीमा रकम हस्तान्तरण गरेको हो । संस्थाको कपिलवस्तुस्थित पकडि शाखा कार्यलय अन्तर्गत उन्नति लोहरपुरा महिला समूहकी सदस्य स्व.कपुरा कोरी को निधन भएपछि सदस्यले पाउने बीमा वापतको रकम आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको लघुवित्त वित्तीय संस्थाले जनाएको छ […]


हिमालयन लाइफको सीईओमा मनोज कुमार लाल कर्ण नियुक्त

बैंकिङ खबर/हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्ण नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै कम्पनीको सीईओमा कर्ण नियुक्त भएका हुन् । बीमा प्राधिकरणले कर्णलाई कम्पनीको सीईओ बन्न शुक्रबार स्वीकृति दिएको हो । नवनियुक्त सीईओ कर्णले पनि आफू एक वर्षे कार्यकालको लागि हिमालयन लाइफको सीईओ पदमा नियुक्त भएको […]


लघुबीमा कार्यक्रम अघि बढाइने

बैंकिङ खबर/सरकारले न्यून आय भएका वर्ग र समुदायलाई लक्षित गरी लघुबिमा कार्यक्रम अघि बढाउने तयारी गरेको छ। संघीय संसदको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहमार्फत न्यून आय भएका वर्ग र समुदायका लागि बिमा कार्यक्रम अघि बढाइने बताएका हुन्। ‘देशभर बिमाको पहुँच विस्तार गरिने छ,’ […]