November 4th, 2021

स्मार्ट च्वाइस टेक्नोलोजिजको अध्यक्षमा सुमन पोखरेल

बैंकिङ खबर । नेपालको पहिलो एटिएम कार्ड सुबिधा प्रदान गर्ने कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको सञ्चालक समिति अध्यक्षमा सुमन पोखरेल चयन भएका छन। सञ्चालक समितिको बैठकबाट उनी सर्वसम्मत अध्यक्ष भएका हुन् । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिनाबाट उनले सफथ लिएका छन्। एससीटी सन् २००१ मा स्थापना भई सञ्चालनमा आएको कम्पनी हो। कम्पनीले हाल २५ वटा बैंक तथा वित्तीय संस्थाहरु मार्फत सेवा दिँदै आएको छ । कम्पनीले भुक्तानीको कार्यलाई थप सहज बनाउन बैंकिङ्ग कार्डको अलावा डिजिटल पेमेन्ट प्लाटफर्म, स्मार्ट क्युआर, डिजिटल बैकिङ सर्भिस र पेमेन्ट गेटवे को सेवा समेत उपलब्ध गराउदै आएको छ। पोखरेल बैंकवित्त तथा रेमिट्यान्स क्षेत्रमा विज्ञ मानिन्छन् । उनी आइएमई रेमिट्यान्सका सिइओ समेत हुन् । उनलाई कुशल नेतृत्वका रुपमा लिइन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]