Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

बैंक अफ काठमाण्डूको सिइओमा श्रवललाल मास्के नियुक्त

admin २०७८ कार्तिक १८ गते
सेयर:

बैंकिङ खबर । बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा श्रवललाल मास्के नियुक्त भएका छन्। बैंक बसेको संचालक समितिको बैठकले बैंकमै कार्यरत मास्केलाई सिइओ बनाएको हो । उनी तीन महिनादेखि कामु प्रमुख कार्यकारी अधिकृत थिए। चार बर्षे कार्यकाल पुरा गरेर शोभनदेव पन्त अवकाश भएपछि मास्के कामु प्रमुख कार्यकारीको जिम्मेवारीमा रहेका हुन् । नबिल बैंक लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका मास्केसँग तीन दशकभन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव रहेको छ। मास्केले बैंकको दीर्घकालिन व्यावसायिक योजना बनाएका काररण उनलाई नै सिइओको जिम्मेवारी दिइएको जनाइएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।