Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

युवा स्वरोजगार कोषको कार्यकारी निर्देशकमा पूर्व बैंकर विश्वमोहन अधिकारी

२०७८ भाद्र १७ गते

बैंकिङ खबर । सरकारले विश्वमोहन अधिकारीलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक मा नियुक्ती गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई कोषको प्रमुखमा नियुक्त गरेको हो । उनी पूर्व बैंकर हुन् । अधिकारी ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत थिए । उक्त बैंक एनएमबी बैंकमा मर्जर भएपछि अधिकारीले बैंकिङ यात्रा छाडेका थिए । उनको बैंकवित्त क्षेत्रमा करिव २५ वर्षको अनुभव छ ।