September 2nd, 2021

युवा स्वरोजगार कोषको कार्यकारी निर्देशकमा पूर्व बैंकर विश्वमोहन अधिकारी

बैंकिङ खबर । सरकारले विश्वमोहन अधिकारीलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक मा नियुक्ती गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई कोषको प्रमुखमा नियुक्त गरेको हो । उनी पूर्व बैंकर हुन् । अधिकारी ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत थिए । उक्त बैंक एनएमबी बैंकमा मर्जर भएपछि अधिकारीले बैंकिङ यात्रा छाडेका थिए । उनको बैंकवित्त क्षेत्रमा करिव २५ वर्षको अनुभव छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]