August 17th, 2021

आइ.सि.एफ.सि. फाइनान्सको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ नियुक्त

बैंकिङ खबर । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठलाई भाद्र १ गते देखि नियुक्त गरेको छ । उनले विगत १३ वर्षदेखि आइ.सि.एफ.सि. फाइनान्समा बिभिन्न विभागहरुमा रहेर काम गरिसकेकाछन् । श्रेष्ठले आफ्नो बैंकिङ करियरको सुरुवात नेपाल एसबिआई बैंकबाट गरेका हुन् । अमित श्रेष्ठले काठमाण्डौ युनिभर्सिटीबाट एमबीए गरेका हुन् ।

उनको बैकिङमा १९ बर्षको अनुभव रहेको छ । आइ.सि.एफ.सि फाइनान्स लिमिटेडमा उनी नायवप्रबन्धक पदबाट आफ्नो कार्यभार सम्हालेका थिए ।

यस फाइनान्सको प्रमुखकार्यकारी अधिकृतमा सुनिलपन्त, नायव महाप्रबन्धकमा लक्ष्मणप्रसाद जैसी तथा वरिष्ठ प्रबन्धकमा संजय थपलिया हुनुहुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]