मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगमा छलाङ !

बैंकिङ खबर/नेपालमा मोबाइल र इन्टरनेट बैंकिङ कारोबार गर्नेको संख्या बढ्दै गएको छ । बैंकहरूले मोबाइल बैंकिङ कारोबारलाई प्राथमिकतामा राखेका कारण पनि यसको कारोबार बढेको हो । अझ कोरोना महामारीका कारण पनि मोबाइल र इन्टरनेट बैंकिङतर्फ प्रयोगकर्ताको आकर्षण बढ्दै गएको छ । प्रविधिको विकाससँगै सबैभन्दा नजिक रहेर बैंकिङ क्षेत्र अगाडि बढिरहेको छ । जसरी हामी मोबाइलबाटै कारोबार गरिरहेका छौं, त्यसको श्रेय बैंक तथा वित्तीय संस्थालाई नै जान्छ । प्रविधिको बैंकिङ पाटोलाई फिनटेक (वित्तीय प्रविधि) को रुपमा चिन्ने गरिन्छ । फिनटेकलाई सँगै अगाडि बढाउन र त्यसको छुट्टै पहिचान दिन बैंकिङ तथा वित्तीय क्षेत्रले महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

कोरोना महामारीमा सामाजिक दुरी कायम गर्नुपर्ने, घरमै बस्नु पर्ने भएकाले कोरोना महामारीको बीचमा डिजिटल कारोबारले सबैभन्दा बढी प्रोत्साहन पायो । नेपालको डिजिटल कारोबारमा थप १० वर्ष लाग्ने काम यो दुई वर्षको अवधिमा भएको व्यवसायी बताउँदै आएका छन् । आज हामी सामान्य किराना पसलदेखि इरेक्सासम्म डिजिटल माध्यममार्फत भुक्तानी गरिरहेको देख्न सक्छौंं ।
यसरी डिजिटल कारोबार बढ्दै गर्दा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको प्रयोगकर्ता बढ्दै जानु स्वभाविक पनि हो । नेपाल राष्ट्र बैंकले जारी गरेको गत चैतसम्मको तथ्यांक अनुसार नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड ३५ लाख ९१ हजार पुगेका छन् । त्यसमध्ये एक करोड ७ लाख ८६ हजार मोबाइल बैकिङ प्रयोगकर्ता सक्रिय रहेका छन् ।

जुन चालू आर्थिक वर्ष २०७८÷०७९ को साउन महिनाको तुलनामा उल्लेख्य वृद्धि हो । तथ्यांकअनुसार गत साउनमा मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड १४ लाख ३ हजारको हाराहारीमा थिए । त्यसबेला सक्रिय प्रयोगकर्ताको संख्या ८८ लाख ३७ हजार थिए । जुन चैत महिनासम्म आइपुग्दा २१ लाख ८८ हजारले वृद्धि भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गएको भदौ महिनामा मोबाइल बैंकिङका सक्रिय प्रयोगकर्ता ८९ लाख १० हजार रहेका छन् । त्यस समयमा मोबाइल बैंकिङ लिने कूल संख्या भने एक करोड १६ लाख २७ हजारभन्दा बढी रहेको देखिएको छ ।

तथ्यांकअनुसार फागुनमा मोबाइल बैंकिङका सक्रिय प्रयोगकर्ता एक करोड ५ लाख पुगेको छ । जसमा मोबाइल बैंकिङ सेवा लिने प्रयोगकर्ताको संख्या एक करोड ३२ लाख २७ हजार रहेका थियो । अर्कोतर्फ इन्टरनेट बैकिङमा पनि सक्रिय प्रयोगकर्ता निरन्तर रुपमा बढी रहेको तथ्याङ्कले देखाएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आवको सुरुवातमा मोबाइल बैंकिङ लिनेको संख्या १० लाख २५ हजारभन्दा बढी रहेको थियो ।

त्यसमध्ये ६ लाख ४२ हजार सक्रिय प्रयोगकर्ता रहेका थिए । जुन भदौमा वृद्धिहुँदै कूल संख्या १० लाख ४० हजार र सक्रिय प्रयोगकर्ता ६ लाख ४६ हजार पुगेको देखिन्छ । निरन्तर बढिरहेका इन्टरनेट प्रयोगकर्ता चैतमा आइपुग्दा उल्लेख्य वृद्धि भएको देखिन्छ । तथ्यांकअनुसार चैतसम्म कुल ११ लाख २२ हजार ८ सय ८८ जनाले इन्टरनेट बैंकिङ सेवा लिएका छन् । त्यसमध्ये ७ लाख ७२ हजार सक्रिय प्रयोगकर्ता रहेको देखाइएको छ ।

ई–बैंकिङ के हो ? 

इन्टरनेट बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने केही सुविधाहरु इन्ट्टरनेट मार्फत आफ्नै कम्प्युटरबाट उपभोग गर्न सक्दछन् । ब्यालेन्स हेर्ने ,स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, युटिलिटी सर्भिस ९जस्तै मोबाइलको बिल तिर्ने जस्ता कार्यहरु इन्टरनेट बैकिङबाट प्राप्त हुने केही सुविधाहरु हुन् ।

  • ब्यालेन्स हेर्ने
  • खातामा पाएको ब्याज छुट्टै हेर्ने
  • स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने
  • नयाँ चेक बुकको अनुरोध गर्ने
  • हराएको चेक रोक्काको अनुरोध गर्ने
  • शाखालाई ग्राहकको सन्देश दिने
    •  

इन्टरनेट बैंकिङको खाता खुलेको कसरी थाह पाउने ?

खाता खुलेपछि ग्राहकले आफुले भरेको फर्ममा उपलब्ध गराएको इमेल ठेगानामा खाता खोलिएको सूचना पाउँछ । उक्त इमेलमा आफ्नो युजर नेम, पासवर्ड तथा संचालन सम्बन्धि अन्य प्रकृयाहरुको बारेमा सूचना प्राप्त हुन्छ ।

खाता खोली सकेपछि जान्नु पर्ने कुरा के के हुन् ?

  • इन्टरनेट बैंकिङको लिंकमा क्लिक गरेर इ-बैंकको लगिन पेजमा जाने
  • माथि ५ नम्बरमा उल्लेख गरिएको इमेल मार्फत प्राप्त गरेको युजर नेम र पासवर्ड त्यहाँको फिल्डमा इमेलबाट कपी पेष्ट गरी ओके गर्ने ।
  • पहिलो पटक पासवर्ड दिँदा इ-बैंकको Application ले पासवर्ड परिवर्तन गर्न माग गर्छ । यसरी नयाँ पासवर्ड राख्दा उक्त पासवर्ड नेपाल बैंकको पासवर्ड पोलिसि अनुसार हुनु पर्दछ ।
  • पाँच पटक सम्म युजरले गलत पासवर्ड राखेमा युजरको खाता स्वतः लक हुन्छ । यस्तो अवस्थामा फरी लगिन गर्न सकिदैन । यस्तो अवस्था आएमा युजरले आफ्नो शाखा मार्फत खाता अनुलकु को अनुरोध पठाउनु पर्दछ

  इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्दा के के कुरामा सावधान हुनुपर्छ ?

  • आफ्नो युजर नेम र पासवर्ड अरु कसैलाई नभन्ने ।
  • सम्भव भए सम्म निजी कम्प्युटरबाट मात्र इ-बैंक सेवा उपभोग गर्ने ।
  • साइबर अथवा अन्य सार्वजनिक स्थानहरुको कम्प्युटरबाट यो सेवा उपभोग गर्दा पासवर्ड चोरी हुन सक्ने सम्भावना बढी भएकोले सावधानी अपनाउने ।
  • आफ्नो कार्य सकिएपछि Log out  गर्ने ।
  •  

 


सोसिअल मेडिया