May 11th, 2021

प्रभु पे बन्यो पहिलो अपाङ्गमैत्री वालेट, अब अपाङ्गता भएका व्यक्तिको डिजिटल कारोबारमा पहुँच

बैंकिङ खबर । प्रभु पेले आफ्नो सेवालाई अपाङ्गमैत्री बनाएको छ । उसले सेवा प्रभावकारी बनाउन प्रविधि प्रयोगमाbअपाङ्गता भएका बर्गलाई सजिलो हुने गरी मोवाइल वालेटमा फीचर सेवा राखेको छ । अन्य वालेटहरुमा भने यो सेवा पाईदैन । बैंकिङ कारोबारबाट बाहिर रहेका मानिसलाई जोड्ने योजनाका साथ यो सेवा संचालन गरिएको प्रभु पे ले जनाएको छ । अपाङ्गता भएका व्यक्तिहरुले आजको प्रविधिको उपयोग गर्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ प्रभु पे अपाङ्गमैत्री बनाइएको जनाइएको छ । कम्पनीका बजार व्यवस्थापक सन्तोष गुरुङ भन्छन, ‘हामीले अपाङ्गता भएका व्यक्तिको पनि डिजिटल कारोबारमा पहुँच पुगोस् भन्ने उद्देश्यका साथ यो फिचरको सुरुवात गरेका हौं ।’ हाल अपाङ्गता भएका धेरै नै व्यक्तिहरुले प्रभु पे प्रयोग गरीरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अपाङ्गता भएका व्यक्तिले सजिलै प्रभु पे एपमार्फत अनलाइन कारोबार गर्न सक्छन् । जसका लागि प्रभु पेको ‘टकब्याक’ ले सपोर्ट गर्छ ।

के हो ‘टकब्याक’ फिचर ?

टकब्याक फिचर दृष्टिबिहीन अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि एन्ड्रोइडले उपलब्ध गराएको फिचर हो । यसले अपाङ्गता भएका व्यक्तिहरुलाई एन्ड्रोइड फोन प्रयोगमा सहयोग पुर्‍याउँछ ।

यदि तपाईंले एन्ड्रोइडमा यो फिचर अन गर्नु भएको छ भने मोबाइलले प्रयोगकर्तालाई मोबाइल स्क्रिनमा भएको ईमेल, टेक्स लगायतका विषय बोलेर सुनाउँछ । त्यसआधारमा आफूले प्रयोग गर्न खोजको के हो पत्ता लगाएर फोन प्रयोग गर्न सकिन्छ ।

यसै फिचरमा मिल्नेगरी प्रभु पेले आफ्नो एप तयार पारेको हो । यसको अर्थ प्रभु पेको यो फिचर एन्ड्रोइड फोन प्रयोगकर्ताले मात्रै प्रयोग गर्न पाउने छन् ।

कसरी अन गर्ने ‘टकब्याक’ फिचर ?

यो फिचर तपाईंले एन्ड्रोइड फोनमा विभिन्न तरिकारले अन गर्न सक्नुहुनेछ । मोबाइलको सेटिङभित्र गएर अन गर्ने तरिका सबैभन्दा प्रभवकारी हुनसक्छ । त्यसका लागि सुरुमा मोबाइलको ‘सेटिङ’ खोल्नुहोस् ।

सेटिङ खोलेसँगै त्यसभित्र तपाईंले ‘एक्सेसिबिलिट’ विकल्प देख्नुहुनेछ । उक्त विकल्पमा जानुहोस् र त्यहाँ रहेको ‘टकब्याक’ मा थिच्नुहोस् ।

उक्त ‘टकब्याक’ मा क्लिक गरेसँगै त्यहाँ तपाईंले उक्त सेवा अन गर्ने अथवा अफ गर्ने विकल्प पाउनुहुनेछ । यदि तपाईं टकब्याक फिचर प्रयोग गर्ने हो भने ‘अन’ गर्नुहोस् र ‘ओके’ बटन दबाउनुहोस् ।

सँधै यसरी सेटिङमा गएर ‘अन’/‘अफ’ गर्ने कार्य झन्झटिलो हुन सक्छ । त्यस्तोमा तपाईंले सोही सेटिङभित्र रहेको ‘एक्सेसेबिलिटी’ अन्तर्गतको ‘शर्टकर्ट’ मा क्लिक गरी ‘टकब्याक’ छनौंट गर्न सक्नुहुन्छ ।

यसो गर्दा तपाईंले अर्को पटकदेखि दुवैै भोलुम बटन एकसाथ थिचेकै भरमा यो फिचर अन अफ गर्न सक्नुहुनेछ । यस अलवा तपाईंले गुगल एसिस्टेन्टमार्फत पनि यो फिचर ‘अन’/‘अफ’ गर्न सक्नुहुन्छ ।

यसको अर्थ तपाईंले गुगल एसिस्टेन्ट अन गरी ‘हे गुगल’ भनेर ‘टर्न अन’ अथवा ‘टर्न अफ’ टकब्याक’ भनेर निर्देशन दिनुपर्ने हुन्छ । यसो गर्दा बोलेकै भरमा टकब्याक फिचर खुल्ने र बन्द हुने गर्छ ।

यसरी ‘टकब्याक’ फिचर अन गरी दृष्टिबिही भएका व्यक्तिले पनि प्रभु पे मार्फत मोबाइल रिचार्ज गर्ने, बिजुली, खानेपानी, इन्टरनेट, टेलिफोनको बिल तिर्ने जस्ता सेवा लिन सक्छन् । यसका साथै हवाई टिकट काट्ने लगायतका सेवाको अनलाइन भुक्तानी सेवा समेत यसबाट लिन सकिन्छ ।

‘प्रभु पे’ले दियो डिजिटल कारोबारको पहिलो अवसर

विरोध खतिवडा
अध्यक्ष, अपांग संरक्षण नेपाल

‘प्रभु पे’ले ३–४ महिनाअघि अपांगता भएका व्यक्तिहरूको समेत पहुँचमा हुने गरी सेवा ल्याएपछि भने हामीले पनि डिजिटल कारोबारको अवसर पाएका छौँ । प्रभु ग्रुपअन्तर्गतको ‘प्रभु पे’ले अपांगता संरक्षण नेपालसितको सहकार्यमा अपांगता भएका व्यक्तिको पहुँचमा सेवा पुर्‍याएको छ, जसको म आफैँले सहजीकरण गरिरहेको छु । प्रभु टेक्नोलोजीले दृष्टिविहीनहरूले पनि सहज रूपमा चलाउन सक्ने विद्युतीय भुक्तानी सुविधा दिएको छ ।

एन्ड्रोइड मोबाइलमा बोल्ने प्रविधि (मोबाइलमा ‘टक ब्याक’ र कम्प्युटरमा ‘एनभिडिए’) सहायताले हामी डिजिटल प्रणालीको सहजै प्रयोग गर्न सक्छौँ । प्रभु पेले अपांगता भएका व्यक्तिहरूका लागि पनि डिजिटल कारोबारमा पहिलोपटक यो सुविधा दिएको छ । स्मार्ट फोन प्रयोगकर्ताका लागि मात्र नभएर प्रभु पेले बार फोन प्रयोगकर्ताका लागि समेत यो सुविधा दिएको छ । अपाङ्गता भएका व्यक्तिहरूले प्रभु पे मोबाइल वालेटको केवाइसी भर्दा अपाङ्गता परिचयपत्र पनि राख्नुपर्छ । प्रभु पेले अपांगता भएका व्यक्तिहरूलाई हरेक कारोबारमा क्यासब्याकमा पनि विशेष सुविधा दिएको छ । सय रूपैयाँको रिचार्ज गर्दा सामान्यतया दुई रूपैयाँ क्यासब्याक आउँछ भने अपांगता भएका व्यक्तिले सोही कारोबारबापत दुई रूपैयाँ पचार पैसा क्यासब्याक पाउँछन् । प्रभु पे मोबाइल वालेट चलाउँदा दृष्टिविहीनहरूले पनि टक ब्याकको सहायताले सजिलै चलाउन सक्छन् ।

‘प्रभु पे’को प्रयोग गर्न आग्रह गर्छु किनकि यो अपांगतामैत्री छ

नेपालमा निजीस्तरको कम्पनीले पहिलोपटक अपांगता भएका व्यक्ति नै कर्मचारी राखी अपांगता भएका व्यक्तिहरूलाई विद्युतीय सेवा प्रदान गर्दै आएको छ । प्रभु पेको यो सेवा अपांगता भएका व्यक्तिको पनि सहज पहुँचमा छ । यसमा केवाइसी अपडेट पनि आफैँ गर्न सकिन्छ । अन्य कारोबारका लागि पनि कसैको सहायता लिनुपर्दैन, आफ्नै मोबाइलमार्फत हामी आफैँ चलाउन सक्छौँ । हरेक कारोबारमा फाइदा पनि छ । त्यसैले अपांगता भएका व्यक्तिका लागि यही सेवा उपयोगी छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]