May 2nd, 2021

सञ्चार मन्त्रालयको आइसिटि अवार्ड : कुसुम लामा र सुधिर पराजुलीलाई नगद पुरस्कार

बैंकिङ खबर / नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले यसबर्षको नेशनल आइसीटी अवार्डबाट बैंकिङ तथा वित्तीय क्षेत्रमा टेक्नोलोजीको विकास गरेवापत प्रभु मेनेजमेन्ट, प्रभु इन्स्योरेन्स तथा एससीटी कम्पनीका समेत अध्यक्ष रहनुभएकी कुशुम लामालाई र इन्टरनेट सेवा सुभारम्भ  गर्ने  सुविसु इन्टरनेट एवं इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का समेत अध्यक्ष रहेका सुधिर पराजुलीलाई एकलाख नगद सहित सम्मानित गरेको छ । त्यस्तै नीजि क्षेत्रमा प्रविधिको विकास गर्ने हुवाई कम्पनी र सरकारी निकायलाई डिजिटलाइजेशन गर्ने महालेखा परिक्षण कार्यालयले पनि संस्थागत सम्मान प्राप्त गरेका छन् । सुचना प्रविधि मन्त्री पार्वत गुरुङले आइसीटी अवार्ड २०२१ बाट सम्मानित गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नीजि क्षेत्रको साथ सहयोगकै कारण देशले डिजिटलको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउनुभयो ।

सोही समारोहका प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक नामक डिजिटल एप को उद्घाटन गर्नुभयो । प्रधानमन्त्री ओलीले डिजिटल सिष्टमबाट उक्त एपको उद्घाटन गर्नुभएको हो । राष्ट्रिय सुचना तथा प्रविधि दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]