February 18th, 2021

नेपाल बैंकको सञ्चालक समिति अध्यक्षमा मधु मरासिनी नियुक्त

बैंकिङ खबर । नेपाल बैंकको सञ्चालक समिति अध्यक्षमा मधु मरासिनी नियुक्त भएका छन् । यसअघि बैंक सञ्चालक समितिको अध्यक्ष बासुदेव अधिकारीले राजीनामा दिएपछि मरासिनी नियुक्त भएका हुन् । उनीसँग अर्थ मन्त्रालयका सहसचिव र विश्व बैंकमा समेत काम गरेको अनुभव छ । उनी आर्थिक एवं प्रशासनिक कार्यमा अब्बल मानिन्छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]