August 10th, 2016

एनबीआईको अध्यक्षमा अजय श्रेष्ठ

ajaya shresthaबैंक आफ काठमाण्डू लुम्बिनीका सिईओ अजय श्रेष्ठ नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) को अध्यक्ष पदमा नियुक्त भएका छन् । एनबीआई कम्पनीको सञ्चालक समितिको बैंठकले लामो समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत श्रेष्ठलाई संस्थाको अध्यक्षमा नियुक्त गरेको हो ।

त्यस्तै सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालकको पदका लागि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । समिति बैठकले अघिल्लो पटक सञ्चालक समितिमा अध्यक्षको रुपमा कार्यकाल काटेका शोभनदेव पन्त र सञ्चालकका रुपमा आफ्नो कार्यकाल पूरा गरेका डा. बिनोद आत्रेयलाई संस्थाप्रतिको जिम्मेवारी पूरा गरेको भन्दै धन्यवादन ज्ञापन गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]