Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंकिङ मुभमेन्ट

एनबीआईको अध्यक्षमा अजय श्रेष्ठ

२०७३ श्रावण २६ गते

ajaya shresthaबैंक आफ काठमाण्डू लुम्बिनीका सिईओ अजय श्रेष्ठ नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) को अध्यक्ष पदमा नियुक्त भएका छन् । एनबीआई कम्पनीको सञ्चालक समितिको बैंठकले लामो समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत श्रेष्ठलाई संस्थाको अध्यक्षमा नियुक्त गरेको हो ।

त्यस्तै सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालकको पदका लागि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । समिति बैठकले अघिल्लो पटक सञ्चालक समितिमा अध्यक्षको रुपमा कार्यकाल काटेका शोभनदेव पन्त र सञ्चालकका रुपमा आफ्नो कार्यकाल पूरा गरेका डा. बिनोद आत्रेयलाई संस्थाप्रतिको जिम्मेवारी पूरा गरेको भन्दै धन्यवादन ज्ञापन गरेको छ ।