एप्पललाई लाग्यो १ करोड डलरको जरिवाना

इटलीको एन्टिट्रस्ट अथोरीटीलेले एप्पललाई १० लाख मिलियन युरो जरिवाना गरेको छ । यो जरीवाना कम्पनीको आईफोन वाटरप्रुफ भएको झुटो दावीको लागि लगाइएको बताइएको छ । इटालीको प्रतिस्पर्धा प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै “स्मार्टफोन निर्माता कम्पनि एप्पलले आफ्ना आईफोनहरू पानी प्रतिरोधी अथवा वाटरपु्रफ रहेको बारेमा विज्ञापन गरेको र यसमा कुन परिस्थितिमा यस्तो हुन सक्छ भन्ने बारे भने स्पष्ट नभएको हुँदा कम्पनीको यो दावी पनि गलत रहेको पाइएको जनाएको छ ।”
एप्पलको आईफोन वाटरप्रुफ दाबीको बारेमा इटलीको एन्टिट्रस्ट अथोरीटीले भने यो दावी केही परिस्थितिहरूमा मात्र सही हुन सक्ने बताएको छ । यता एप्पलले दावी गरेको छ कि यसको उत्पादन ३० मिनेटसम्म ४ मिटर गहिराइमा वाटरपु्रफ छ ।
अमेरिकामा पनि जरीवाना
यसभन्दा अघि पनि नोभेम्बरमा एप्पललाई ११.३ करोड डलर जरिवाना लगाइएको थियो । यो जरीवाना ३३ अमेरीकी स्टेट भुआ अमेरिकन स्टेट्स र कोलम्बिया डिस्ट्रिक्टका प्रयोगकर्ताहरूले लगाएको आरोप पछि लगाइएको थियो । कम्पनीलाई ब्याट्रीसँग सम्बन्धित मुद्धा लुकाउन प्रयोगकर्ताहरूले नयाँ डिभाइस किनुन् भनेर पुराना आइफोनलाई स्लो गरेको आरोप लगाएको छ । यद्यपि एप्पलले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

 


सोसिअल मेडिया