Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

पौने चार अर्बको ट्रेजरी बिल आज

admin २०७३ श्रावण २४ गते
सेयर:

nrb 1नेपाल राष्ट्र बैंकले सोमबार (आज) ३ अर्ब ८५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दैछ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि केन्द्रीय बैंकले त्यसलाई खिच्न ट्रेजरी बिल बिक्री गर्न लागेको हो । ९१ दिने अवधिको उक्त ट्रेजरी बिल आगामी असोज २३ गते परिपक्व हुनेछ । ट्रेजरी बिल आज दिउँसो ३ बजे अनलाइन बोलकबोलबाट बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थामा रकम बढी भएपछि केन्द्रीय बैंकले ट्रेजरी बिल मार्फत त्यो रकम आफुले लिने गरेको छ । यसरी वित्तीय संस्थाले तरलता केन्द्रीय बैंकलाई बिक्री गर्दा केही मात्रामा नगद सुविधा पाउने गरेका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।