नेपाल राष्ट्र बैंकले सोमबार (आज) ३ अर्ब ८५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दैछ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि केन्द्रीय बैंकले त्यसलाई खिच्न ट्रेजरी बिल बिक्री गर्न लागेको हो । ९१ दिने अवधिको उक्त ट्रेजरी बिल आगामी असोज २३ गते परिपक्व हुनेछ । ट्रेजरी बिल आज दिउँसो ३ बजे अनलाइन बोलकबोलबाट बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थामा रकम बढी भएपछि केन्द्रीय बैंकले ट्रेजरी बिल मार्फत त्यो रकम आफुले लिने गरेको छ । यसरी वित्तीय संस्थाले तरलता केन्द्रीय बैंकलाई बिक्री गर्दा केही मात्रामा नगद सुविधा पाउने गरेका छन् ।




