वासलत :
कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पूँ जि, सम्पती, दायित्वको यथार्थ जानकारिको लागी तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफानोक्सान हिसाब खाता बनाईसकेपछी अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड र सांरश हो , प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ ।व्यापारिले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ ।
▶ वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु
✔ तिर्नुपर्ने बिल (Bills Payable)
✔ बैङ्क ओभरड्राफ्ट ( Bank Overdraft)
✔ साहु ( Creditor)
✔ ऋण ( Loan)
✔ सुरक्षित कोष (Reserve Fund)
✔ पूँजि ( Capital)
✔ पूँजि फिर्ता (Drawings)
✔ खुद नाफा (Net Profit)
✔ खुद नोक्सान (Net Loss)
▶ वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु
✔ नगद मौज्दात (Cash in Hand)
✔ बैङ्क मौज्दात ( Cash at Bank)
✔ भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable)
✔ आसामी (Debtor)
✔ फर्निचर (Furniture)
✔ मोटर ( Motar)
✔ लगानी (Investment)
✔ भवन, हाता र पर्खाल (Business Premises)
✔ अदृश्य सम्पतिहरु (Intangible Assets)
✔ सामानको अन्तिम मौज्दात (Closing Stock)
▶ वासलातमा समावेश हुने समायोजनका केहि कारोवारहरु
✔ अन्तिम मौज्दात (Closing Stock)
✔ पेस्की खर्च ( Prepaid Expenses)
✔ भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses)
✔ ह्रास ( Depreciation)