November 20th, 2020

ATM बाट पनि फैलिरहेको छ कोरोना, सुरक्षाको सही तरीका के ?

के तपाईंले विचार गर्नुभएको छ ? तपाईंको नजिक भएको एटीएममा पनि कोरोना भाइरस हुन सक्छ ? यस्तो अवस्थामा एटीएमबाट पैसा निकाल्नु चिन्ताको विषय हुन सक्छ । एटीएमबाट सावधानीका साथ कसरी पैसा निकाल्ने त ?

एटीएमको उपयोग पछि पनि कसरी सुरक्षित रहने ?
•एटीएम जानु अघि सेनिटाइजर प्रयोग गर्नुहोस् । यसलाई जहिले पनि प्रयोग गर्नु महत्त्वपूर्ण छ ।
•एटीएम कोठामा बिभिन्न ठाउँहरूमा नछुनुहोस् ।
• यदि तपाईमा फ्लू देखिएको छ भने एटीएमको प्रयोग नगर्नुहोस् ।
• एटीएम लाईनमा उभिएर अचानक हाच्छिउ गर्नुपरेमा आफ्नो मुखलाई टिस्यु वा कुहिनाले ढाक्नुहोस् ।
• प्रयोग गरिएको टिस्यु वा मास्क एटीएम कोठामा नछाड्नुहोस् ।
• एटीएमको लाइनमा उभिएर तपाईंको अनुहार, नाक र मुख नछुनुहोस् । लाइनमा रहेका व्यक्तिबाट दूरी राख्नुहोस् ।
•यदि एटीएम वरपर गल्तिले छोइएमा, तुरुन्तै हात सेनिटाइजरले सफा गर्नुहोस् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]