डिजिटल कारोबारसँगै डिजिटल बिजनेस पनि


Bankingkhabar /June 2, 2022


जब नयाँ समस्या आउँछ भने समाधान पनि नयाँ हुनुपर्दछ । महामारी सबैको लागि डिजिटल भुक्तानीका लागि सहयोगी साबित भयो । यस अवधिमा व्यापारीहरुले पनि साना व्यवसायको ब्यापार यात्रा मात्र अघि बढाएनन् बरु धेरै सरल विकल्पहरू पनि प्रदान गरे जसले उनीहरूको व्यापार माहामारीमा पनि वित्तीय सन्तुलनमा रह्यो ।

डिजिटल भुक्तान टुल्सहरूले पनि व्यापारीहरूको व्यवसायलाई पुनःआकार दिन सहयोग पुर्‍यायो । डिजिटल कारोबारले सरल र छिटो सवैसुलभ सेवा प्रवाह, जुनसुकै समय र स्थानबाट कारोबार गर्न सकिने सुविधा प्रदान गर्दछ ।

हाल माहामारीका कारण नगद कारोबार घटेको छ । दैनिक कामका लागि नगद कारोबार भइरहेपनि अनलाईनमा उपलब्ध सेवामा भने डिजिटल कारोबारको प्रयोग बढीरहेको छ ।

डिजिटल कारोबारमा सबैको शैली बस्न थालेपछि बैंकहरु पनि त्यस्तै किसिमको कारोबार सुविधा उपलब्ध गराउन प्रयासरत छन् दशै तिहारमा डिजिटल दक्षिणा, अन्य कारोबारमा पनि क्यास ब्याक र छुटका योजना बैंकले अगाडि सारेका छन् । डिजिटल प्रयोगले समयको बचत, नोट छपाईमा हुने खर्चमा कटौती, पैसाको सुरक्षा, पारदर्शीता र स्मार्ट जीवनशैली बनाउने हुँदा यसमा आकर्षण बढ्दो छ ।

डिजिटल कारोबार मात्र होइन डिजिटल बिजनेस पनि

वर्तमान समयमा चुनौतीहरू बढेका छन् तर नयाँ अवसरहरू पनि सिर्जना भएका छन् । यस्तो अवस्थामा एक उद्यमीले सफलतापूर्वक आफ्नो वस्तु तथा सेवालाई चलायमान राख्नु चुनौती पनि छ । यस्तो अवस्थामा ग्राहकहरुबाट प्रतिक्रिया लिई डिजिटल माध्यमबाट काम गर्नु आवश्यक छ ।

हाल धेरैको प्रश्न छ कि हामी कसका लागि सामान बनाउँने ? कसलाई सामान बेच्ने ? माग छैन । यस्तो अवस्थामा सक्रिय मार्केटिङ अर्थात् डिजिटल मार्केटिङ विधि अपनाउनु आवश्यक छ ।

तपाईले सामाजिक सञ्जाल मार्फत विभिन्न वस्तु तथा सामानहरू विभिन्न प्लेटफर्म मार्फत प्रदर्शन गर्न सक्नुहुन्छ । सामाजिक सञ्जाल मार्फत मार्केटिङको फाइदा यो पनि हो कि ग्राहकसँग सीधै सम्पर्क हुन सक्छ र विभिन्न ठाउँहरूबाट ग्राहकहरूको प्रतिक्रिया लिन सकिन्छ ।

ग्राहकहरूले तपाईलाई सुझाव दिन सक्दछन् कि यो उत्पादनमा हामी यस्ता परिवर्तनहरू चाहन्छौ र सोही अनुरुप तपाइले आफ्नो बिजनेसलाई अघि बढाउँन सक्नुहुन्छ । यो तब मात्र सम्भव हुन्छ जब तपाई व्यापारमा परिवर्तनहरू लागू गर्न तयार हुनुहुन्छ ।

जसको व्यवसाय तल छ वा कमजोर छ, उनीहरुले बेसिकबाटै व्यापार सुरु गर्ने बारे सोच्नुपर्छ । यसका साथै, उसले खर्च कसरी कम गर्ने भन्ने बारे सोच्न पनि आवश्यक छ ।

 

Spread the love

सोसिअल मेडिया