July 31st, 2016

१० अर्बको रिभर्स रिपो बुधबार

आगामी साउन १९ गते नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ । ७ दिने अवधिको उक्त रिभर्स रिपो आगामी साउन २६ गते परिपक्व हुनेछ । सो रिभर्स रिपो खरिद गर्नका लागि राष्ट्र बैंकले क, ख र ग वर्गका बैंकहरुलाई आह्वान गरेको छ । 

ripoपछिल्लो समय रिभर्स रिपोप्रति बैंकहरुको आकर्षण बढेको पाइएको छ । यसअघि गत बुधबार मात्रै राष्ट्र बैंकले जारी गरेको १० अर्बको रिपोमा २८ अर्बको आवेदन पर्नुले सो कुराको पुष्टी गर्छ । केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा रहेको लगानी योग्य पुँजीको पर्याप्ता (अधिक तरलता) व्यवस्थापन गर्ने उद्देश्यले रिपो जारी गर्ने गरेको छ । राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा ३५ अर्ब ८८ करोड रुपैयाँ अधिक तरलता छ ।