साताको सुरुको दिनदेखि सुधारिएको शेयर बजार दोस्रो दिन नयाँ उचाइमा पुगेको छ । केही सातादेखि नै धेरै उतार चढाव आएको बजार सोमबार १७.३२ अंकले बढेर १२३८.०२ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पवनि उकालो लागेको छ । दिनभरिमा ११३ वटा कम्पनिको २९ सय १२ कित्ता शेयर ९ लाख ३७ हजार ३ सय ७७ पटक किनबेच हुँदा ५५ करोड ३६ लाख ५१ हजार १ सय ७८ रुपैँया बराबरको कारोबार भएको छ ।
कुल कारोबारमध्ये सानिमा बैँकको मात्रै ४ करोड ७ लाख २२ हजार ७३ रुपैँया बराबरको शेयर कारोबार भएको छ भने इन्भेष्टमेन्ट बैँकको ३ करोड ७३ लाखको संस्थापक शेयर र ३ लकरोड ५८ लाखको साधारण शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैँकको २ करोड ९७ लाखको कारोबार भएको छ भने फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैँक र नविल बैँकको प्रोमोटर शेयर २ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, नेपाल बंगलादेश बैँक, नेरुड लघुवित्त, एभरेष्ट बैँक र स्टान्डर्ड चार्टर्ड बैँकको १ करोडमाथिको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । सोमबार युनियन फाइनान्सका लगानीकर्ताले धेरै कमाएका छन् ।
सोमबार जलविद्युत् समूह १७.८७ अंकले घटेको छ जसको १ करोड ७४ लाखभन्दा बढीको कारोबार भएको छ । अरु सबै समूहहरु बढेका छन् । बैँक, होटल, विकास बैँक, फाइनान्स, वीमा, उत्पादनमूलक र अन्य समूह क्रमशः २०.७९, ७३.४७, १९.५९, ३.९८, ३५.२५, २६.९३ र ५.८८ अंकले बढेका छन् । सबैभन्दा बढी कारोबार बैँकिङ समूहको २३ करोड माथिको कारोबार भएको छ भने होटल, विकास बैँक, फाइनान्स, वीमा, उत्पादनमूलक र अन्य समूहको क्रमशः ४० लाख, १६ करोड, १ करोड, ५ करोड, २ लाख र १९ लाखमाथिको कारोबार भएको छ ।