Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

दुई सय करोडको ट्रेजरी बिल आगामी सोमबार 

२०७३ श्रावण १४ गते

nrbबैंक तथा वित्तीय संस्थामा ठुलो मात्रामा रकम जम्मा भएपछि नेपाल राष्ट्र बैंकले त्यसलाई खिच्ने भएको छ । त्यसका लागि आगामी सोमबार राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । ९१ दिने अवधिको उक्त ट्रेजरी बिल आगामी असोज १६ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकका अनुसार सो ट्रेजरी बिले सोमबार दिउँसो ३ बजे अनलाइन बोलकबोलबाट बिक्री गरिने छ । यसका लागि राष्ट्र बैंकको वेभसाइटमा गएर बोलकबोल फारम भर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । लगानी गर्नुपर्ने रकम बैंक तथा वित्तीय संस्थामा जम्मा भएपछि बजारमा भएको तरलतालाई खिंचेर मूल्यस्थिरता गर्न राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंक वित्तीय संस्थामा रकम बढी भएपछि केन्द्रीय बैंकले ट्रेजरी बिल मार्फत त्यो रकम आफुले लिने गरेको छ । यसरी बित्तीय सस्थाले तरलता केन्द्रीय बैंकलाई बिक्री गर्दा केही मात्रामा नगद सुविधा पाउने गरेका छन् ।