बैंक तथा वित्तीय संस्थामा ठुलो मात्रामा रकम जम्मा भएपछि नेपाल राष्ट्र बैंकले त्यसलाई खिच्ने भएको छ । त्यसका लागि आगामी सोमबार राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । ९१ दिने अवधिको उक्त ट्रेजरी बिल आगामी असोज १६ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकका अनुसार सो ट्रेजरी बिले सोमबार दिउँसो ३ बजे अनलाइन बोलकबोलबाट बिक्री गरिने छ । यसका लागि राष्ट्र बैंकको वेभसाइटमा गएर बोलकबोल फारम भर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । लगानी गर्नुपर्ने रकम बैंक तथा वित्तीय संस्थामा जम्मा भएपछि बजारमा भएको तरलतालाई खिंचेर मूल्यस्थिरता गर्न राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंक वित्तीय संस्थामा रकम बढी भएपछि केन्द्रीय बैंकले ट्रेजरी बिल मार्फत त्यो रकम आफुले लिने गरेको छ । यसरी बित्तीय सस्थाले तरलता केन्द्रीय बैंकलाई बिक्री गर्दा केही मात्रामा नगद सुविधा पाउने गरेका छन् ।




