फोर्स मोटर्सको दसैं तिहार अफर, बैंकक टुर

फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले दसैं र तिहारको अवसरमा विशेष अफर ल्याएको छ । अफर अन्तर्गत फोर्स मोटर्सको १४ सिट क्षमता भएको ट्रयाक्स क्रुजर जिप र ट्राभलर (टी२) २६ सिट क्षमता भएको मिनीबसको खरिदमा आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।यस अन्तर्गत २ तोला सुनको हार र एक जोडीलाई ४ रात ५ दिनको बैंकक टुर प्याकेज उपलब्ध गराइने छ । त्यसैगरी ट्रयाक्स कार्गो किङ  (पिकअप) को खरिदमा १ तोला सुनको हार र नगद २५ हजार छुटको अफर ल्याएको छ । बिगत ४ वर्ष देखि फोर्स मोटर्स लिमिटेडले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिमार्फत आफ्ना गाडीहरुको बिक्री वितरण गर्दै आइरहेको छ । आयाम इन्टरकन्टिनेन्टलले काठमाडौँ गैहिृधारा र पोखराको बुद्दचोकमा आफ्नै सोरुम संचालनमा ल्याएको छ । त्यसैगरी स्थानीय डिलरको रुपमा विराटनगरको कन्चनबारीमा केआर अटोमोबाइल ,चितवनको भरतपुरमा रेयान मोटर्स तथा इटहरी र भक्तपुरमा जी।मोटर्स मार्फत फोर्स मोटर्सका गाडीहरु बिक्री वितरणमा ल्याइरहेको छ ।


सोसिअल मेडिया