August 28th, 2020

अब आफ्नो सेवा सम्बन्धि सम्पूर्ण जानकारी सुबिसुको सेल्फ केयर पोर्टलबाट


बैंकिङ खबर । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले आफ्ना ग्राहकवर्गका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ ।
सुबिसु सेल्फ केयर पोर्टलको प्रयोगबाट ग्राहकहरुले आफुले खरिद गरेको सेवाको बारेमा विविध जानकारी लिनसक्नेछन् । साथै अनलाइन भुक्तानीबाट सेवा नविकरण समेत गर्न सक्नेछन् र भने आफ्नो हालको सेवालाई आफुले चाहे अनुरुप विभिन्न सेवा प्लानमा अपग्रेड गर्न सक्नेछन् । ग्राहकको सहजता एवमं  सेवाको पारदर्शीताकालागि सेल्फ केयर पोर्टल सञ्चालन गरिएको विश्वास लिइएको छ । र आउने दिनहरुमा यस पोर्टलमाविभिन्नउपयोगी सेवाहरु पनि थपिदै लगिने छ ।
सुबिसु सेल्फ केयर पोर्टल selfcare.subisu.net.np बाट प्रयोग गर्न सकिने छ साथै www.subisu.net.np मा रहेको customer login द्धारा पनि प्रयोग गर्न सकिने छ ।
सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs), व्यानएथर्नेट (WAN Ethernet), होलसेल आइ.पि ट्रान्जिट (Wholesale IP Transit), एम.भि.पि (MVP), डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

Clear TV का बारेमा :
Clear TV, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो Digital Cable Television सेवा हो जसले MPEG4 Standard Definition र High Definition channels  केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्दछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]