साताको पहिलो दिन सुन तोलाको १ सय रुपैयाँका दरले सस्तिएको छ । विगत केही सातादेखि नै अस्थिर रहेको सुनको भाउ आइतबार सामान्य घटेर कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँका दरले खरिदविक्रि भइरहेको छ भने तेजावी सुन प्रतितोला ५८ हजार २ सय ५० रुपैयाँका दरले खरिदविक्रि भइरहेको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको ५८ हजार ५ सय रुपैयाँका कारोबार भइरहेको थियो भने तेजावी सुन तोलाको ५८ हजार २ सय ५० रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको थियो ।
चाँदीको भाउ भने आइतबार स्थिर रहेको छ । शुक्रबार तोलाको ८ सय ९० रुपैयाँका दरले कारोबार भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।