“DishHome Dealer दाईको Discount” मा २ जनाले जिते पाए एक एक लाख

बैंकिङ खबर । “Dish Home मा Dealer दाईको Discount” योजना अन्र्तगत Live Lucky Draw मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । २०७७ साल असार १९ गते देखि असार २५ गते सम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर  Lucky Draw सम्पन्न भएको छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, Showcase 2 channel No.101 र रमाईलो टिभीमा Live Lucky Draw मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् । योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु १००,०००/– नगद प्राप्त गर्नेछन् । यो योजनाअन्तर्गत असार २६ गते भएको Lucky Draw बाट डिशहोमको सेटअप बक्सको CASID No. 71913094877, 71914081915 बिजेता बन्न सफल भएका छन् ।
डिशहोमले संचालन गरेकोे डिलर दाईको डिस्काउन्ट अफरको व्यापक सफलता र ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखि यो अफरलाई निरन्तरता दिईने भएको छ । Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलरवा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ । ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो Weekly Lucky Draw मा सहभागी गराईने भएको छ ।


सोसिअल मेडिया