Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

१० अर्बको रिभर्स रिपो बुधबार

२०७३ श्रावण ४ गते

nrbनेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले ७ दिने अवधिको रिपो निष्काशन गर्न लागेको हो । सो रिपो साउन १२ गते परिपक्व हुनेछ । रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउनेछन् । रिपो किन्नका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेे राष्ट्र बैंकले जनाएको छ । रिपोमा सहभागी हुन बैंकहरुले अनलाइन बिडिङ गर्नुपर्नेछ । बोलकबोलमा परेको सबैभन्दा कम व्याजदरलाई आधार मानेर व्याजदर निर्धारण गरिने छ ।

असारको अन्तिममा सरकारी विकास खर्च अत्यधिक बढेसँगै बढ्दो क्रममा रहेको अधिक तरलता प्रशोचनका लागि रिभर्स रिपो जारी गर्न लागेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षभरीमा राष्ट्र बैंकले पटक–पटक गरी साढे ५ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।