Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

ह्याकरको विगविगी : ताइवानको एटीएमबाट हरायो २५ लाख डलर

२०७३ श्रावण ४ गते

atmताइवानको एनिटाइम टेलर मेशिन (एटीएम)बाट रकम चोरेको आशङ्कामा तीन जना विदेशी आरोपीलाई पक्राउ गरिएको छ । एटीएमबाट करीब २५ लाख डलर चोरी भएको आरोपमा पूर्वी यूरोप र रूसका अपराधीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरूले एटीएम ह्याक गरेर सो रकम चोरी गरेको बताइएको छ । एटीएममा राखिएको सीसीटीभी क्यामेरामा मास्क लगाएका चोरहरू पैसाले भरिएको ब्याग चोरेर भागेको देखिएको छ ।

एक ल्याटभियनलाई उत्तरपूर्वी ताइवानबाट पक्राउ गरिएको थियो भने अन्य दुई आरोपीलाई तापेईमा पक्राउ गरिएको थियो । चोरी भएका आधाभन्दा बढी रकम फिर्ता भएको भए पनि १३ जना अन्य आरोपी देश छोडेर भागेको विश्वास गरिएको छ । एटीएम चोरीको अन्तरराष्ट्रिय समूहले यसरी ताइवानमा अपराध गरेको यो नै पहिलोपटक रहेको बताइएको छ । यस मामिला अगाडि आएसँगै बैङ्कहरूले १ हजारभन्दा बढी एटीएमबाट रकम रोक्का गरेका छन् । एजेन्सी