Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

मुक्तिनाथ क्यापिटलको सिईओमा कविन्द्रध्वज जोशी नियुक्त

२०७७ जेष्ठ १ गते

बैंकिङ खबर ।  मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतकमा कविन्द्र विक्रमध्वज जोशी नियुक्त हुनुभएको छ । आजमिति २०७७ जेष्ठ १ गते उहाँले मुक्तिनाथ क्यापिटलका अध्यक्ष सीताराम काफ्लेबाट पदभार ग्रहण गर्नु भएको छ । जोशी एनआईविएल एस क्यापिटलका महाप्रबन्धकको रुपमा कार्यरत हुनुहुन्थ्यो । वहाँले एनआइडिसि क्यापिटल, एस क्यापिटल, ग्रोमोर मर्चेन्ट बैंकिङ लगायत मर्चेन्ट बैकिङ क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव बटुलिसक्नुभएको छ । मुक्तिनाथ विकास बैंकको सहायक कम्पनीको रुपमा स्थापित मुक्तिनाथ क्यापिटल लिमिटेडले DMAT, PMS, Share Register, Issue Management, Underwriting, Advisory लगायतका मर्चेन्ट बैकिङ सम्बन्धी सम्पूर्ण कार्य गर्दै आएको छ ।