बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा किरण कुमार श्रेष्ठ फेरि नियुक्त भएका छन्। बैंकका अध्यक्ष निर्मलहरि अधिकारीको अध्यक्षतामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नै सीईओमा दोहोर्याउने निर्णय गरेको हो। श्रेष्ठ वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा ४ वर्षसम्म रहनेछन् । उनले आफ्नो कार्यकालमा वाणिज्य बैंकलाई सबैभन्दा बढी नाफा कमाउने बैंक बनाउन सफल भएका थिए ।
