Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा किरण कुमार श्रेष्ठ पुनः नियुक्त

२०७६ चैत्र २७ गते

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा किरण कुमार श्रेष्ठ फेरि नियुक्त भएका छन्। बैंकका अध्यक्ष निर्मलहरि अधिकारीको अध्यक्षतामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नै सीईओमा दोहोर्‍याउने निर्णय गरेको हो। श्रेष्ठ वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा ४ वर्षसम्म रहनेछन् । उनले आफ्नो कार्यकालमा वाणिज्य बैंकलाई सबैभन्दा बढी नाफा कमाउने बैंक बनाउन सफल भएका थिए ।