March 26th, 2020

हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक राणा पुन: नियुक्त

बैंकिङ खबर । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक राणा आगामी चार बर्षका लागि पुन नियुक्ति भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई पुन प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको हो । २३ बर्षदेखि बैंकिङ क्षेत्रमा सक्रिय उनको आगामी कार्यकाल बैशाख १ गतेबाट सुरु हुने छ । हिमालयन बैंकमा २० प्रतिशत लगानी रहेको पाकिस्तानी बैंक हबिब बैंकबाट सेयर लिएर बाहिरिँदै छ । हबिबले २७ बर्षे सहकार्य छाडेर बिदा हुन लागेको छ भने सोही सेयर बेलायतको कमनवेल्थ डेभलपमेन्ट करपोरेसन (सिडिसी) ले खरीद गर्न लागेको छ । यसको पहल राणाले नै गरेका छन् । उनले यसअघिको चारबर्षे कार्यकाल पुरा गरेकाले अर्को चार वर्षसम्म थप नियुक्ति गरिएको बैंक संचालक समितिले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]