Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

किन हटाइए नेपाल इन्स्योरेन्स कम्पनीका सीईओ ?

admin २०७३ असार २१ गते
सेयर:

chanda-singकम्पनीमा नियुक्त हुँदा दिइएको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग व्यवस्थापन समितिले करार भङ्ग गरेको छ । सञ्चालक समितिको यही असार १७ गतेको बैठकले प्रमुख कार्यकारी अधिकृत साउदसँगको करार सम्झौता समाप्त गर्ने निर्णय गरेको बोर्ड सचिव चन्द्रनाथ उप्रेतीले जानकारी दिए । 

सञ्चालक समितिले उनलाई २०७१ साल माघमा चार वर्षका लागि प्रमुख कार्यकारी पदमा नियुक्त गरेको थियो । करारबमोजिम जिम्मेवारी पूरा गर्न नसकेको भन्दै कम्पनीका कर्मचारीले उनलाई हटाउन विगत चार महिनादेखि माग गर्दै आएका थिए । त्यसैगरी प्रमुख कार्यकारी अधिकृतले कर्मचारीलाई दुव्र्यवार गर्नुका साथै आर्थिक अनियमितता गरेको आरोप समेत लगाएको थियो । उता प्रमुख कार्यकारी अधिकृत साउदले भने आफूसँगको करार भङ्ग गरेको विषयमा आधिकारिक जानकारी नआएको बताए । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।