March 25th, 2020

लकडाउनमा पनि ‘प्रभु मनि ट्रान्सफर’ र ‘प्रभु पे’द्धारा डिजिटल भुक्तानी सेवा

बैंकिङ खबर । नेपाल सरकारबाट लक डाउन घोषणा भएको दिनबाट प्रभु म्यानेजमेन्टले प्रभु मनि ट्रान्सफर र प्रभु पे को सेवा सुचारु राखेको छ । म्यानेजमेन्टले  मोबाइलको माध्यमद्धारा घरबाटनै सेवाग्राहीलाई सेवा दिइरहेको छ । साथै देशैभरिका आफ्ना सेवाग्राही , एजेण्टहरुलाई अनलाइन मार्फत भरपुर सर्पोट समेत गरेको जनाएको छ । एकाउण्ट डिपोजिट र क्रेडिट सहजैरुपमा भइरहेको, मोबाइल वालेट प्रभु पे मार्फत पेमेन्ट, मोबाइल, टेलिफोन, इन्टरनेटको विल सहज रुपमा पेमेन्ट भइरहेको बताइएको छ । त्यसैगरी भारतबाट आफ्ना घरपरिवारका लागि प्रभु मनि ट्रान्सफरबाट पठाइएको रकम पनि सुलभ ढंगले प्राप्ति भइरहेको जनाइएको छ । यस्तै, सर्पोट सिस्टममा दिइएका मोबाइल नम्बरमा बसेका स्टाफहरुले फोन गर्ने ग्राहकलाई सहजीकरण गरीरहेका छन् । नेपाल सरकारको निर्णयलाई पूर्ण समर्थन दिँदै कम्पनिले काम र जिम्मेवारी पूर्ण रुपमा बहन गरिरहेको जानकारी गराएको छ । यस्तै फेसबुक, भाइबरबाट पनि कम्पनिसंग सेवाग्राही जोडिन सक्नेछन् । भाइवर नं 9860486117, 9801007702 / फोन नं 9801979111/ 2/5/7 बाट सेवा सुचारु रहेको जनाइएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]