Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

मोवाइल फोन सेवा र इन्टरनेट डाटा आधा सस्तो भयो

२०७६ चैत्र १२ गते

बैंकिङ खबर । टेलीकम सेवा र इन्टरनेट डाटा सेवा आधा सस्तो भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई मोबाइलबाट कल गर्दा र डाटा चलाउँदा लाग्ने शुल्क घटाउन निर्देशन दिएसँगै अब आधा सस्तो भएको हो । अहिले रिचार्ज गरेको बराबर नै रकम बोनस दिनुपर्ने व्यवस्था गरिएको छ । यदी मोबाइलमा रिचार्ज सकिए २०० रुपैंयाँसम्म सापट्टी पाइने र त्यसको थप कर वा व्याज तिर्न नपर्ने भएको छ । यो नियम नेपाल टेलीकम, एनसेल लगायतका सबै टेलिकम कम्पनीलाई लागु हुन्छ ।