Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला

२०७६ चैत्र १० गते


बैंकिङ खबर । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला नियुक्त भएका छन् । बैंकको ४१७ औं संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा कोइरालालाई नियुक्त गरेको हो।

आगामी वैशाख १ देखि लागू हुनेगरी ४ वर्षको लागि उनलाई नियूक्त गरिएको बैंकले जनाएको छ। हाल कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका उनले माछापुच्छ्रे बैंकमा ७ वर्ष विताइसकेका छन् । कोइरालाले यसअघि बैंक अफ काठमाण्डूबाट करियर सुरु गरी सानिमा बैंकमा समेत लामोसमय काम गरिसकेका छन् । उनीसँग २१ वर्षको बैंकिङ अनुभव रहेको छ ।