Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

मोवाइल वालेट र डिजिटल भुक्तानीको सिमा बढाइयो

२०७६ चैत्र ९ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कोरोना संक्रमणबाट जोजिनका लागि डिजिटल भुक्तानीलाई सहज गराएको छ । राष्ट्र बैंकले डिजिटल भुक्तानीको सीमा बढाउनुका साथै परिपत्र मार्फत मोबाइल वालेटको माध्यमबाट गरिने बैंकिङ कारोबारको सीमा बढाएको छ । जसअनुसार मोवाइल बैंकिङबाट दैनिक १ लाख र प्रतिमहिना १० लाख रुपैयाँ कारोबार गर्न मिल्ने बनाइएको छ । यसअघि दैनिक २५ हजार र प्रतिमहिना २ लाखको सिमा तोकिएको थियो । राष्ट्र बैंकले मोवाइल वालेट अन्तरगत एक वालेटबाट अर्को वालेटमा रकम ट्रान्सफरको सीमा पनि बढाएको छ । यसअघिको प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजारको सिमा बढाएर प्रतिदिन ५० हजार र प्रतिमहिना ५ लाख सम्म कारोबार गर्न सकिने बनाइएको छ ।