March 20th, 2020

अब जुनसुकै बैंकको एटीएमबाट पैसा झिके पनि शुल्क नलाग्ने


बैंकिङ खबर । कोरोना भाइरसको त्रास बढ्न थालेपछि नेपाल बैंकर्स संघको आकस्मिक बैठक बसेको छ । सो बैठकले डिजिटल कारोबारमा कुनै पनि शुल्क नलिने निर्णय गरेको छ । डिजिटल कारोबार निःशुल्क हुँदा बैंकको काउन्टरमा हुने भिडभाड कम हुने र त्यसले कोरोनाको संक्रमण फैलिनबाट रोक्न मद्दत पुग्ने भन्दै वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले यस्तो व्यवस्था मिलाएको हो । कोरोना सङ्क्रमण बढ्न सक्ने एक माध्यम नोट पनि हुन सक्ने भन्दै सम्भव भएसम्म नोट कारोवारको सट्टा कार्ड तथा विधुतिय कारोवारको माध्यम अपनाउन समेत आग्रह गरीएको छ । ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अरु प्राविधिक समस्या आएमा आफ्नो सम्बन्धित शाखामा फोन मार्फत सम्पर्क गरी समाधान गर्न सकिने विज्ञप्ति मार्फत जनाइएको छ ।

अब इन्टरनेट मोबाइल लगायत विभिन्न विधुतिय माध्यमबाट गरिने कारोवारमा कुनै पनि शुल्क नलाग्ने भएको छ, यस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाको ATM  प्रयोग गर्दा कुनै शुल्क नलाग्ने एवं नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्ने Connect IPS सेवामा समेत शुल्क नलाग्ने भएको छ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपाल र नेपाल वित्तीय संस्था संघले शुक्रबार विज्ञप्ति निकालेर अति-आवश्यक अवस्थामा बाहेक बैंकका शाखाहरुमा गएर भिडभाड नगर्न आग्रह समेत गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]