Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

Connect IPS e-Payment अब अब नि:शुल्क

२०७६ चैत्र ७ गते

बैंकिङ खबर ।  बैंक वित्तिय संस्थाका शाखाहरुमा सेवाग्राहीको भीड कमगर्ने उदेश्यका साथ नेपाल क्लियरिङ्ग हाउसले connectIPS e-Payment प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरुमालाग्ने कारोबार शुल्क चैत्र मसान्त सम्मकालागी मिनाहा गर्ने व्यवस्था गरेको छ । मोबाईल एप्स, वेब, सदस्य बैंकको इन्टर्नेट/मोबाईल बैंकिङ च्यानल तथा अन्य Indirect/Technical सदस्यको च्यानल लगायतबाट connectIPS e-Payment मार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारहरुमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने व्यहोरा कम्पनीले जनाएको छ ।

बैंक वित्तिय संस्थाहरुमा भीडभाडबाट टाढा रहनुपर्ने र वित्तिय कारोबार पनि सहज ढङले सन्चालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी सो व्यवस्था लागू गरिएको हो । यसले सर्वसाधारणले अनलाईन भुक्तानी प्रणाली प्रयोग गर्न थप सहजता हुने अपेक्षा गरिएको छ ।

connectIPS e-Payment प्रणालीमा एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ । यसको वेबबाट रु १० लाख र मोबाईल एप्सबाटरु १ लाख सम्मकोप्रति कारोबार रियल टाइममा गर्न सकिन्छ । connectIPS को फण्ड ट्रान्स्फर सुविधा विभिन्न बैंक वित्तिय संस्थाको मोबाईल/इन्टेर्नेट बैंकिङमा पनि उपलब्ध रहेको छ ।

थप जानकारीका लागि www.nchl.com.np वा www.connectips.com  मा हेर्न सकिनेछ ।