Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त

२०७६ फाल्गुन २१ गते

बैंकिङ खबर । लक्ष्मीप्रपन्न निरौला कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका छन्। बुधबार सञ्चालक नियुक्त भएका उनलाई बैंक सञ्चालक समिति बैठकले अध्यक्ष चयन गरेको हो । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक रहेका निरौलालाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सफथ गराएका छन् । राष्ट्र बैंकको सेवाबाट अवकाश हुनुअघि निरौला मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक समेत थिए ।