March 2nd, 2020

डिजिटल लर्निङलाई सघाउन निमा एकेडेमी र इ शिक्षाले सहकार्य गर्ने

 

बैंकिङ खबर । विश्व डिजिटलमा रुपान्तरण भइरहेको समयमा शिक्षा पनि प्रविधिमैत्री हुदै गइरहेको छ । शिक्षा नै त्यस्तो मुख्य आधार हो, जसले समाजसँगै देशको रुपान्तरणमा मुख्य भुमिका खेल्दछ । पछिल्लो समय शिक्षालाई प्रविधिमैत्री बनाउने र सबैको पहुचमा सहज तरिकाले पुर्याउने अभियानहरु सञ्चालन भइरहेका छन । यसैक्रममा नेपालमा पनि फ्रेब्रअरी २८ मा डिजिटल लर्निङ दिवसको रुपमा मनाइएको छ । निमा एकेडेमी र प्रभु म्यानेजमेन्टको सहकार्यमा शुक्रवार काठमाण्डौंको होटल रोयल सिंगीमा डिजिटल लर्निङ दिवस सम्वन्धि विशेष कार्यक्रमको आयोजना गरियो ।
उक्त कार्यक्रममा डिजिटल शिक्षालाई प्रवद्धन गर्दै र देशैभर विस्तार गर्ने उदेश्य सहित प्रभु म्यानेजमेन्टको इ शिक्षा र निमा एकेडेमीको निमा एकेडेमी लर्निङ प्लाटफर्मबिच सहकार्यको सम्झौता भएको छ । प्रभु म्यानेजमेन्टको तर्फबाट अध्यक्ष कुसुम लामा र निमा एकेडेमीका तर्फबाट अध्यक्ष हरिमान प्रधानले सम्झौतामा हस्ताक्षर गरेका छन । इ शिक्षा स्कुल म्यानेजमेन्ट सफ्टवेयर हो भने निमा एकेडेमी डिजिटल लर्निङ प्लाटफर्म हो । यि दुई प्रडक्ट तथा संस्थाको सहकार्यबाट देशमा डिजिटल शिक्षाको विकास र विस्तारमा ठुलो परिवर्तन ल्याउन सकिने प्रभु म्यानेजमेन्टका अध्यक्ष कुसुम लामालाई बताउनुभयो ।

यसैगरी कार्यक्रममा निमा एकेडेमीका अध्यक्ष हरिमान प्रधानले पुरानो निमा प्रकाशन अब डिजिटल्ली रुपान्तरण भइरहेको र नेपालमा डिजिटल लर्निङलाई प्रवद्धन गर्न डिजिटल लर्निङ डेु मनाइएको बताउनुभयो ।
कार्यक्रममा निमा एकेडेमीको मोवाइल एप्लिकेशन पनि सार्वजनिक गरिएको थियो । विद्यालयहरुलाई सेवा दिदै आएको निमा एकेडेमीले अब मोवाइलबाट नै आवश्यक कन्टेन्टहरु अध्ययन गर्न सकिने भएको छ । एप्लिकेशन सार्वजनिक गर्दै कम्पनीका निर्देशक निश्चलमान प्रधानले अबको समय दर्जनौ किताब झोलामा हालेर स्कुल धाउने नभइ एउटा ट्याब्लेटको भरमा रमाइलोसँग अन्तकृया गर्दै पढ्नुपर्ने बताउनुभयो । निमा एकेडेमिमा कक्षा १० सँगै विभिन्न कक्षाका कोर्स कन्टेन्टहरु टेक्स्ट, थ्रिडि र भिडियो र्फम्याटमा प्रस्तुत गरिएको छ ।
५ हजारभन्दा बढि रिसोर्स कन्टेन्टहरु समावेश गरिएको निमामा एक हजारभन्दा बढि भिडियो कन्टेन्टहरु राखिएको छ । प्राक्टिस गर्ने प्रश्न, क्विजसँगै एनालाइटिक्सहरु पनि समावेश गरिएको निमा एकेडेमी एक दर्जनबढि विद्यालयहरुमा प्रयोगमा आइरहेको छ । यसैगरी गत वर्षदेखि सुरु भएको इ शिक्षा ५० भन्दा बढि विद्यालयहरुले प्रयोग गरिरहेका छन् । यो सफ्टवेयर मार्फत विद्यालय, अभिभावक तथा विद्यार्थीहरुलाई कनेक्ट गरेको छ । जसले आवश्यक शुल्कहरु पनि प्रभु पेमार्फत अनलाइन नै बुझाउन सकिन्छ ।
हरेक वर्ष विश्वभर फेब्रअरीमा ‘डिजिटल लर्निङ डे’ मनाउने प्रचलन छ । यसैक्रममा गतवर्षदेखि निमा एकेडेमिले डिजिटल लर्निङ डे मनाउन थालेको हो । कार्यक्रममा परम्परागत लर्निङभन्दा डिजिटल लर्निङ नि फरक र उपयुक्त छ भन्ने विषयमा छलफल अन्तकृया सञ्चालन भएको थियो । यसैगरी ‘डिजिटल लर्निङको महत्व कतिको छ’ भन्ने विषयमा प्यानल डिस्कस्न समेत सञ्चालन गरियो । प्यानल डिस्कस्नमा सुशिल उप्रेति, पदमराज पन्त, लिजा महर्जन र विनोद पन्त लगाउतको उपस्थिति रहेको थियो । प्यानल डिस्कसनको सहजिकरण दिपेन्द्र बज्रचार्याले गरेका थिए । कार्यक्रममा प्रदेश १ का उपसचिव दामोदर फुयाँल र प्याब्सन प्रदेश ३ का अध्यक्ष थकिन कुमार गुरुङले शिक्षालाई प्रविधिमैत्री बनाउने कुरामा जोड दिदै निमा एकेडेमी र इ शिक्षासँग सहकार्य गर्ने बताउनुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]